बिराटनगर : आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको लागि ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिइएको छ।
निर्वाचन आयोगले कात्तिक २६ मा आवेदन माग गरेको थियो । ती संस्थालाई प्रत्येक मतदानस्थलमा दुई जना पर्यवेक्षक खटाउने निर्णय गरेको छ।
आयोगले पर्यवेक्षक सङ्घसंस्थासँग अन्तरक्रिया गर्दै निर्वाह गर्नुपर्ने भूमिका र आचारसंहिता बारे छलफल पनि गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षकलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न आग्रह गर्दै सुधारका लागि सुझाव लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई निर्वाचन प्रक्रियालाई सहज बनाउने बाताबरण तयार पार्न अनुरोध गरे ।
View : 384
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved