विराटनगर, जेठ १५ – ESARC Academy, विराटनगरद्वारा आयोजित लोकसेवा तयारीसम्बन्धी ओरियन्टेशन कार्यक्रम आज सफलता पूर्वक सम्पन्न भएको छ। विराटनगरको बिजुली अफिस स्थित एकेडेमीको कार्यालयमा स्थायी र प्रतिष्ठित सरकारी सेवामा करिअर बनाउने इच्छुक युवाहरूका लागि आयोजित यो कार्यक्रम बिहान ७ बजे र साँझ ४ बजे गरी दुई सत्रमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा प्रशिक्षक ज्ञान बहादुर विश्वकर्मा, धर्मराज जोशी, र महेन्द्र वादीले लोकसेवा आयोगको परीक्षा प्रणाली, तयारी गर्नुपर्ने रणनीति, आवश्यक अध्ययन सामग्री, समय व्यवस्थापन तथा सफलताका सूत्रहरूबारे विस्तृत जानकारीमूलक कक्षा लिनुभएको थियो। सहभागी विद्यार्थीहरूले तयारीका लागि मार्गदर्शन मात्र नभई प्रेरणा पनि प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।
ESARC Academyले निकट भविष्यमा लोकसेवा आयोगअन्तर्गत विभिन्न तह र सेवाका पदहरूको तयारी कक्षा सञ्चालन गर्दैछ, जसमा अनुभवी शिक्षकहरूद्वारा परीक्षामुखी कक्षा प्रदान गरिने जनाएको छ ।
View : 282
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved