विराटनगर – संचारसम्बन्धी विधेयकमा राखिएका पत्रकारविरोधी प्रावधान सच्याउन माग गर्दै शुक्रबार विराटनगरमा पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अगुवाइमा बिहान मुख्यमन्त्री कार्यालय अगाडि भेला भएका पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथि आघात गर्ने प्रावधान खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। त्यसपछि उनीहरूले रोडशेष चोकमा धर्ना बसेर प्रदेश सरकारलाई दबाब दिएका थिए।
महासंघ कोशी अध्यक्ष भरत खड्काले उक्त विधेयक प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको भन्दै सच्याएर मात्र संसदमा पारित गर्नुपर्ने बताए। उनले यसअघि नै पत्रकार महासंघले संशोधनका लागि सुझाव दिएको तर सरकारले ती सुझावलाई बेवास्ता गर्दै विधेयक अघि बढाएको आरोप लगाए।
नेपाल पत्रकार महासंघले संचार विधेयकविरुद्ध चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। यसअघि बुधबार महासंघले प्रदेशसभा सदस्यहरूलाई संशोधनको मागसहित एसएमएस पठाएको थियो।
View : 242
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved