Biratnagar, Morang, Nepal
शिक्षा

कोशी प्रदेशको गौरव बढाउँदै इष्टर्न

विराटनगरमा इष्टर्न कलेज अफ इन्जिनियरिङमा भर्ना खुला

राधाकृष्ण मार्ग, तिनपैनीस्थित कलेजले यस वर्ष पनि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेशन एन्ड अटोमेशन इन्जिनियरिङ कार्यक्रममा भर्ना खुला गरेको हो ।
-
अखवारका कुरा
६ भदौ २०८२, शुक्रवार

Advertisement

विराटनगर – कोशी प्रदेशको पुरानो र प्रतिष्ठित इन्जिनियरिङ शिक्षालय इष्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरले नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा भर्ना खुला गरेको छ।

राधाकृष्ण मार्ग, तिनपैनीस्थित कलेजले यस वर्ष पनि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेशन एन्ड अटोमेशन इन्जिनियरिङ कार्यक्रममा भर्ना खुला गरेको हो ।

विगत २५ वर्षदेखि निरन्तर इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको इष्टर्न कलेज नेपाल इन्जिनियरिङ काउन्सिल (NEC) बाट स्थायी मान्यता प्राप्त पुर्वकै पहिलो निजी इन्जिनियरिङ कलेज हो। कलेजले आइएसओ ९००१:२०१५ को अन्तर्राष्ट्रिय प्रमाणपत्रसमेत हासिल गरेको छ।

कलेजका प्राचार्य इ. अमित सुरानाका अनुसार, अनुभवी प्राध्यापकद्वारा गुणस्तरीय शिक्षा, अत्याधुनिक प्रयोगशाला, आवश्यक सफ्टवेयर तथा वास्तविक क्षेत्रमा आधारित तालिम, शैक्षिक भ्रमण, इन्टरनसिप र नियमित सेमिनार कलेजका प्रमुख विशेषता हुन्। “यहाँ स्नातक पूरा गरेका विद्यार्थीलाई देश–विदेशका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा सहजै रोजगारीको अवसर प्राप्त हुने वातावरण छ,” सुरानाले बताए।

कलेज २५ बर्ष पुगेको अवसरमा विधार्थीहरुलाइ बिशेष सहुलियतमा अध्यापन गराउने कलेजले जनाएको छ ।

सुविधासम्पन्न भवन, फराकिलो खेलमैदान, सुरक्षित र शान्त शैक्षिक वातावरण, आधुनिक प्रयोगशाला र विभिन्न अन्तर्राष्ट्रिय व्यावसायिक संस्थासँग भएका सहकार्य सम्झौताले विद्यार्थीलाई थप लाभ हुने कलेजले जनाएको छ।

View : 1267

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved