डिपिएल नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन
पठन संस्कृतिको बिकास गर्ने उदेश्यले झापाको दमक मा स्थापना भएर हाल देशका विभिन्न भुभागमा फैलिएको डि. पि. एल नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन बिराटनगर को श्रीकृष्ण होटलमा सम्पन्न भएको छ ।
पौष १२ देखि सुरु भएको दुई दिने सम्मेलनमा डि. पि. एल नेपालका सम्पूर्ण शाखाको उपस्थिति रहेको डि. पि. एल नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष श्री बालचन्द्र कार्कीले बताए ।
दुई दिन सम्म चलेको महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । जसमा अध्यक्षमा अनु भण्डारी , वरिष्ठ उपाध्यक्षमा दिवश खतिवडा ,महासचिवमा गुणराज गिरी ,कोषाध्यक्षमा श्रेयश्री थापा , उपाध्यक्षमा जीवन सापकोटा ,कमल प्रसाद गैरे र आयुष बाटाजु निर्देशकमा संजीव पाठक ,अनुज दाहाल र मनिष गिरी को नयाँ कार्यसमिति चयन भएको छ ।
दुई दिनको उक्त महाधिवेशनमा थिम सेमिनार, उद्यमी बहस, Speaker Corner, आदि जस्ता कार्यक्रम रहेको महाधिवेशनको नव निर्वाचित निर्देशक अनुज दाहालले जानकारी दिए ।
View : 514
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved