Biratnagar, Morang, Nepal
देश

जेनजी आन्दोलन

सुशीला कार्कीले आज राति ९ बजे अन्तरिम सरकार प्रमुखको रुपमा शपथ लिने

-
अखवारका कुरा
२६ भदौ २०८२, शुक्रवार

Advertisement

वर्तमान  राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज राति ९ बजे शपथ खुवाउने तयारी गरेका छन्।

आज नयाँ सरकार गठनका लागि कार्की, जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल शीतल निवास पुगेका थिए। लामो छलफलपछि अन्तरिम सरकारको नेतृत्वमा कार्कीको नाममा सहमति जुटेको स्रोतले जनाएको छ।

विश्लेषकहरूका अनुसार, अन्तरिम सरकारले आगामी निर्वाचन तयारी, कानुन व्यवस्थापन र राजनीतिक संवादलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। यस कदमले वर्तमान राजनीतिक अस्थिरतालाई व्यवस्थापन गर्ने प्रयासको संकेत दिएको बुझिएको छ।

राजनीतिक दल र जेनजीका प्रतिनिधि , प्रधान सेनापति , कानुनविद लगायत सगको रास्ट्रपतिको निरन्तर  संवादबाट तयार भएको सहमति देशमा स्थिरता र नयाँ नेतृत्वको दिशामा महत्वपूर्ण मोडको रूपमा लिइएको छ।

शपथ ग्रहणपछि कार्कीको नेतृत्वमा सरकारले संवैधानिक व्यवस्थालाई ध्यानमा राख्दै तत्कालका चुनौतीहरू समाधान गर्न पहल गर्ने अपेक्षा गरिएको छ।

View : 104

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved