Biratnagar, Morang, Nepal
राजनीति

कांग्रेस अधिवेशनका लागि दुई वटा प्रस्ताव आएका छन् : प्रवक्ता महत

-
अखवारका कुरा
१८ कार्तिक २०८२, मङ्गलवार

Advertisement

 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिवेशनका लागि दुई वटा प्रस्ताव आएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । 

मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगन थापाले र सहमहामन्त्री महेन्द्र यादवले आफ्नो व्यक्तिगत तर्फबाट अधिवेशनका लागि प्रस्तावहरु आएको बताएका हुन् । 

उनले भने, ‘आज केन्द्रिय समितिको बैठकमा व्यक्तिगतरुपमा दुई वटा प्रस्ताव अगाडि आए तपाईंहरुलाई थाहा छ । महामन्त्री गगन थापाले निर्वाचन अगाडि अधिवेशन गर्न सकिने प्रस्ताव उहाँले ल्याउनु भएको छ भने सहमहामन्त्री महेन्द्र यादवले पनि यो निर्वाचन र अधिवेशन सँग–सँगै लादा अप्ठ्यारो पर्छ समय पनि हामीलाई पुग्दैन । क्रियाशिल सदस्य अगाडि पुग्यौँ र वडादेखिको अधिवेशन चै चैतबाट सुरु गरेर बैशाख भित्रै सकौँ भन्ने उहाँहरुको प्रस्ताव थियो।’ 

नेता महतले चासो र चिन्ताका विषय, राष्ट्रिय मुद्धा धेरै भएपनि बैठकमा अधिवेशनका कुराले ज्यादा प्राथमिकता पाइरहेको बताए । 

उनले बैठकमा अझै फरक किसिमको प्रस्ताव आउन सक्ने भन्दै छलफलबाट साझा निश्कर्ष निकाल्न सक्ने बताए । 

हामी साझा निश्कर्षमा अझै पनि निचोड निकाल्न सक्छाँै, सर्वसहमतीका साथ निकाल्न सक्छाँै भन्ने लागेको छ । अब छलफल जारी छ अहिले यसै भन्न सकिन्छ तर हाम्रो कोशिष त्यही हुन्छ, उनले भने । 

आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा राखेका थिए । 

View : 69

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved