Biratnagar, Morang, Nepal
स्वास्थ

विपी प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. विक्रम श्रेष्ठ

-
अखवारका कुरा
२८ साउन २०८२, बुधवार

Advertisement


धरान – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा हाड–जोर्नी विशेषज्ञ प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन्।
सर्च कमिटीले सिफारिस गरेका चार नाममध्ये उनलाई प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नियुक्त गरेका हुन्। प्रा.डा. श्रेष्ठले बुधबार नियुक्तिपत्र बुझ्ने कार्यक्रम छ।

उपकुलपति पदका लागि सिफारिसमा रहेका प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवसँगै अन्तिम चरणसम्म पुगेका श्रेष्ठको नाम स्थानीय र प्रतिष्ठानभित्रको चर्को दबाबपछि सूचीमा समावेश गरिएको हो।

पहिले एक कार्यकालका लागि प्रतिष्ठानमा शिक्षाध्यक्ष भइसकेका श्रेष्ठ धरान क्षेत्रका स्थानीय हुन्। स्थानीय व्यक्तिलाई उपकुलपतिमा नियुक्त गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो। यही सन्दर्भमा उनको पक्षमा सशक्त लविङ भएको स्रोतले जनाएको छ।

View : 233

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved