शैक्षिक क्षेत्रमा नाम कमाउदै ग्रीनल्याण्ड
विराटनगर ।
कोशी प्रदेशको शैक्षिक गौरवका रूपमा चिनिँदै आएको विराटनगरको ग्रिनल्याण्ड कलेजले फेरि एकपटक आफ्नो सफलताको गाथा थपेको छ। काठमाडौंमा शनिबार आयोजित एक समारोहमा कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’ बाट सम्मानित गरिएको हो।
चन्द्रलोक प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कलेजका प्रिन्सिपल दिनेश दाहाललाई सम्मानपत्र प्रदान गरे।
उपत्यका बाहिर रहेर पनि मेडिकल, इन्जिनियरिङ र सिम्याटजस्ता प्रतिष्ठित प्रवेश परीक्षामा लगातार उत्कृष्ट नतिजा दिँदै आएको योगदानका लागि प्रतिष्ठानले यो सम्मान दिएको हो।
सम्मान ग्रहण गर्दै प्रिन्सिपल दाहालले भने, “यो सफलतामा हाम्रा शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभेच्छुक र समाज सबैको हात छ। यस किसिमको सम्मानले हामीलाई अझ लगनशील र समर्पित भएर अघि बढ्न प्रेरणा मिलेको छ।”
विज्ञान र व्यवस्थापन संकायमा विशेष पहिचान बनाउँदै आएको ग्रिनल्याण्डले स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै विद्यार्थीहरूको पहिलो रोजाइमा पर्न सफल भएको जनाएको छ।
View : 215
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved