काठमाडौं — नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले काठमाडौँको कपन क्षेत्रबाट शनिबार साँझ पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार, अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
सांसद राईमाथि स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, कालिमाटीको कोष अपचलन प्रकरणमा संलग्न भएको आरोप लागेको छ। प्रहरीले सहकारीको रकम दुरुपयोग गरेको आशंकामा उनको विरुद्ध अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
यसअघि पीडित बचतकर्ताहरूले राईसहित अन्य सञ्चालकमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका थिए। सहकारीको ठूलो संख्यामा लगानीकर्ताले आफ्नो रकम फस्र्यौट नहुँदा लामो समयदेखि न्यायको माग गरिरहेका छन्।
पक्राउ परेकी सांसद राईलाई हाल आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
View : 173
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved