Biratnagar, Morang, Nepal
बिदेश

विमान दुर्घटना

अहमदाबाद विमान दुर्घटना : लण्डन उड्न लागेको एअर इण्डियाको विमान ‘टेकअफ’ का क्रममा दुर्घटनामा

-
अखवारका कुरा
२९ जेठ २०८२, बिहिवार

Advertisement


काठमाडौं, जेठ २९ – भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको एक अन्तर्राष्ट्रिय विमान दुर्घटनामा परेको छ। लण्डनको लागि उड्न लागेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान ‘टेकअफ’ को क्रममा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

‘टाइम्स अफ इण्डिया’का अनुसार अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटनामा परेको हो। स्थानीय बासिन्दाले आकाशतर्फ बाक्लो कालो धुवाँ उठेको देखेको र ठूलो आवाज सुनिएको बताएका छन्।

भारत सरकारको आधिकारिक समाचार संस्था पीटीआईले घटनास्थल नजिकैको सरदार बल्लभभाई पटेल विमानस्थल क्षेत्रमा आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै दुर्घटनाको पुष्टि गरेको छ।

दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी आएको छ। हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन भने उद्धार कार्य जारी रहेको जनाइएको छ।

विमान दुर्घटनाको कारणबारे आधिकारिक निकायले अनुसन्धान सुरु गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

View : 166

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved