सामाजिक संजाललाई दर्ता
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल दर्ता गर्न दिएको अन्तिम समयसीमा भोलिसम्म मात्र रहेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार भदौ १९ (सेप्टेम्बर ४) सम्म अनिवार्य रूपमा दर्ता नगर्ने प्लेटफर्महरूमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।
सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन कार्यविधि–२०८० र सर्वोच्च अदालतको आदेशअनुसार सबै डिजिटल प्लेटफर्मलाई नेपालमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको हो। मन्त्रालयका अनुसार यस कदमले सामाजिक सञ्जाल सञ्चालनमा पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउने उद्देश्य लिएको छ।
हालसम्म टेलिग्रामले दर्ता प्रक्रिया सुरु गरेको छ भने फेसबुक र ‘एक्स’ (पूर्व ट्विटर) जस्ता ठूला प्लेटफर्म भने अझै दर्ता प्रक्रियामा अघि बढ्न बाँकी छन्। मन्त्रालयले यस्ता प्लेटफर्मलाई दर्ता नगरे तत्कालै प्रयोगमा प्रतिबन्ध लगाउन सकिने र चरम अवस्थामा नेपालभित्र पूर्ण रूपमा निष्क्रिय पार्नेसम्मका कदम चाल्न सकिने चेतावनी दिएको छ।
विशेषज्ञहरूले भने सरकारले ल्याएको यस कदमले डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रतामा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार पारदर्शिता र नियमन आवश्यक भए पनि प्राविधिक तयारी, प्रयोगकर्ताको हक र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यान दिन जरुरी छ।
View : 169
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved