काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल सन् २०२५ का लागि विश्व आर्थिक मञ्च (वर्ल्ड इकानोमिक फोरम) द्वारा विश्वभरका प्रभावशाली युवा नेताको सूचीमा चयन भएकी छन्।
उनलाई युवालाई नेतृत्वमा उन्मुख गराउने, सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने क्रियाशील व्यक्तित्वका रूपमा मान्यता दिँदै छनोट गरिएको हो।
छनोटमा परेपछि प्रतिक्रिया दिँदै डंगोलले भनिन्, “विश्वस्तरको मञ्चमा प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय हो। यसले थप जिम्मेवारी बोध भएको छ। अब अन्तर्राष्ट्रिय युवा नेतृत्वसँग सहकार्य गर्दै देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको छ।”
५० भन्दा बढी देशका ४० वर्षभन्दा कम उमेरका ११६ जना युवा नेताहरूको सूचीमा उनी परेकी हुन्। दक्षिण एशियाबाट छानिएका ११ जनामध्ये नेपालबाट एकमात्र प्रतिनिधि उपप्रमुख डंगोल हुन्।
डंगोल यसअघि पनि विश्व आर्थिक मञ्चको ‘ग्लोबल सेपर्स’ काठमाडौँ समूहको सदस्य रहेकी थिइन्। यसपटक उनी सरकारी क्षेत्रको प्रतिनिधित्व गर्दै युवा नेतृत्वमा सहभागिता जनाउने भएकी छन्।
View : 230
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved