विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रगति समिक्षा कार्यक्रम भाद्र २७ र २८ गते दुई दिन सम्म प्रगति समीक्षा तथा आगामी रणनीति तय गर्दै सम्पन्न भएको छ ।
पहिलो दिन महानगरको आन्तरिक कार्यक्रम तथा स्वास्थ्य संस्थाको प्रगति समिक्षा कार्यक्रम र दोस्रो दिन कोशी अस्पताल लगायत सबै अस्पतालहरु, सरकारी/निजी/गैर सरकारी संघ संस्थाहरुको प्रगति समिक्षा संचालन भएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली,समाजिक समितिका संयोजक काजीबहादुर बस्नेत ,स्वास्थ्य महाशाखाका संयोजक डाक्टर दिलिप कुमार यादव लगायत स्वास्थ्य महाशाखाका कर्मचारीहरुको उपस्थिति समेत रहेको थियो।
बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर महानगरले कार्य गरिरहेको बताउँदै समीक्षा कार्यक्रमले आगामी दिनमा महानगरको स्वास्थ क्षेत्रलाई सहज रुपमा संचालन गर्न सकिने मा आफू बिश्वस्त रहेको बताउनु भयो ।
स्वास्थ्य महाशाखाका संयोजक डाक्टर दिलिप कुमार यादवले विगत वर्षमा स्वास्थ्य क्षेत्रमा हासिल उपलब्धिहरूको मूल्यांकन गर्दै, आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाहका लागि रणनीति तय गरिएको जानकारी दिनुभयो ।
View : 519
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved