Biratnagar, Morang, Nepal
शिक्षा

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा प्रभावित

कक्षा १२ को परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले परीक्षा अनिश्चितकालका लागि परीक्षा स्थगित गर्ने निर्णय सार्वजनिक गरेको हो।
-
अखवारका कुरा
९ वैशाख २०८२, मङ्गलवार

Advertisement

काठमाडौं– वैशाख ११ गतेदेखि सुरु हुने तय भएको कक्षा १२ को परीक्षा अब तत्कालका लागि नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले परीक्षा अनिश्चितकालका लागि परीक्षा  स्थगित गर्ने निर्णय सार्वजनिक गरेको हो।

देशभरका हजारौं विद्यार्थी अन्तिम तयारीमा जुटिरहेका बेला आएको यस निर्णयले परीक्षार्थी, शिक्षक र अभिभावकहरू सबैलाई अब कहिले परीक्षा हुन्छ भन्ने कौतुहलता थपेको छ ।

किन भयो स्थगन गर्ने निर्देशन ? 
श्रोतका अनुसार, देशको समग्र परिस्थिति, व्यवस्थापकीय पक्ष, र शिक्षक आन्दोलन आदिलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्यालयको निर्देशन दिएको हो । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार – “विद्यार्थीहरूको हितलाई प्राथमिकतामा राखेर निर्णय गरिने छ भने  अवस्था अनुकूल भएपछि नयाँ परीक्षा तालिका छिट्टै सार्वजनिक गरिनेछ।”

अब के गर्ने?
बोर्डले विद्यार्थीहरूलाई निरन्तर अध्ययनमै लागिरहन आग्रह गरेको छ र कुनै भ्रामक सूचना वा अफवाहबाट टाढा रहन सचेत गराएको छ।

View : 409

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved