Biratnagar, Morang, Nepal
देश

कर्मयोगीलाई सम्मान

पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठक सम्मानित

-
अखवारका कुरा
२३ कार्तिक २०८२, आइतवार

Advertisement

विराटनगर जेसीजले जेसीज सप्ताह–२०२५ को अवसरमा कान्तिपुर टेलिभिजनकी पत्रकार  सुशीला पाठकलाई सम्मान प्रदान गरेको छ।

विक्रम संवत  २०६६ सालमा रेडियो पूर्वाञ्चलबाट पत्रकारितामा प्रवेश गर्नुभएकी पाठकले २०६८ देखि २०७६ सम्म मकालु टेलिभिजनमा कार्यरत रहँदै समाजका विविध पक्ष, आवाजविहीनको आवाज र जनचासोका विषयहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।  २०७५ सालदेखि उहाँ कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभएकी पाठक हाल नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष हुनुहुन्छ । उहाँले पत्रकारितालाई केवल सूचना दिने माध्यमभन्दा बढि, समाजमा चेतना र सकारात्मक परिवर्तन ल्याउने शक्तिशाली माध्यमको रूपमा प्रयोग गर्दै आउनुभएको छ ।

पत्रकारितामा गरेको उल्लेखनीय योगदानका लागि उहाँलाई यसअघि पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा पत्रकारिता पुरस्कार २०७५, मिना श्रेष्ठ परिश्रमी महिला पत्रकारिता पुरस्कार, शैलजा आचार्य पहिलो महिला पत्रकारिता पुरस्कार, कृष्णप्रसाद सिग्देल स्मृति सम्मान, कवि शिरोमणि लेखनाथ पत्रकारिता पुरस्कार, अम्बे मुरारी महिला पत्रकारिता पुरस्कार लगायत दर्जनौँ पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । 

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पाठकको योगदानको प्रशंसा गर्दै भन्नुभयो,“पत्रकारिता समाज रूपान्तरणको माध्यम हो। सुशीला पाठक जस्ता  निष्ठावान्, संवेदनशील र निडर पत्रकारहरूले हाम्रो समाजमा चेतना र सकारात्मक ऊर्जा फैलाइरहनुभएको छ।”

पत्रकारितामा उल्लेखनीय योगदान, निष्ठा र समाजप्रतिको उत्तरदायित्वको कदर गर्दै विराटनगर जेसीजले जेसीज सप्ताह–२०२५ मा उहाँलाई सम्मानित गरेको अध्यक्ष प्रीतेशराज दाहालले जानकारी दिनुभयो।

View : 83

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved