माधवकुमार नेपालको सासद पद निलम्बन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार आयोगले काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई जग्गा हदबन्दी छुट दिँदा भएको भनिएको १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचारको आरोपसहित उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले दाबी अनुसार, सरकारी नियमविपरीत पतञ्जलीलाई लाभ पुग्ने गरी हदबन्दीसम्बन्धी छुट दिएको र सो क्रममा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको उल्लेख गरिएको छ।
यस मुद्दामा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख रुपैयाँ बराबरको बिगो माग गरिएको छ। बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री भइसकेका कुनै नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो घटना हो, जसले मुलुकको राजनीतिमा नयाँ बहस सुरु गराएको छ।
अख्तियारले उक्त जग्गा प्रकरणमा संलग्न सरकारी कर्मचारी, जग्गा व्यवस्था अधिकारी तथा अन्य सरोकारवालासमेतलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही अगाडि बढाएको छ।
विशेष अदालतमा पेश गरिएको अभियोगपत्रमा पतञ्जलीलाई अनियमित रूपमा लाभ दिने नियतले सरकारी प्रक्रिया मिचिएको प्रमाणसहित उल्लेख गरिएको छ।
अख्तियारले यो कदमले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
View : 336
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved