विराटनगर,
तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला–युवा कमिटीको आयोजनामा एक दिने “युवा सशक्तिकरण” तालिम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।
एलिट क्लब, बिराटनगर भवनमा आयोजित उक्त तालिमको अध्यक्षता युवा कमिटीका अध्यक्ष श्री सिद्धार्थ साहले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा समाजका जिल्ला अध्यक्ष डा. बालकृष्ण साहको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा प्रशिक्षकद्वय श्री प्रदीप साह (प्रमुख प्रशासनिक अधिकृत, रंगेली नगरपालिका) र वरिष्ठ मनोचिकित्सक डा. रञ्जन थापा रहनुभएको थियो।
अन्य अतिथिहरूमा समाजका जिल्ला सदस्य गणेश साह, बिराटनगर महानगरपालिका अध्यक्ष सञ्जय साह, सचिव जगतलाल साह, समाजका विभिन्न तहका अगुवा, युवा तथा अभिभावकहरूको उपस्थिति उल्लेखनीय थियो।
तालिममा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, नेतृत्व विकास र युवाको सामाजिक भूमिका सम्बन्धी विषयहरूमा गहन छलफल गरिएको थियो।
वरिष्ठ मनोचिकित्सक डा. रञ्जन थापाले मानसिक तनाव र डिप्रेसनका लक्षणहरू, त्यसको पहिचान र समाधानबारे बोल्दै — “तनाव नलिनु भन्दा पनि समय दिएर मनको कुरा सुनिदिनु नै पीडितको लागि बढी सहायक हुन्छ,” भन्ने सन्देश दिनुभयो।
त्यस्तै, प्रशिक्षक श्री प्रदीप साहले नेतृत्वमा आवश्यक गुणहरू जस्तै ईमानदारी, सामाजिक न्याय र धैर्यताको अभ्यास गर्न युवाहरूलाई प्रेरणा दिनुभयो।
कार्यक्रम संयोजक निरज साहका अनुसार, प्रमुख अतिथि डा. बालकृष्ण साहले युवाले राष्ट्र र समुदाय निर्माणमा खेल्न सक्ने सकारात्मक भूमिकाबारे धारणा राख्नुभएको थियो। आफ्नो जे कर्तव्य छ, त्याे पूरा नगरे न आफू सफल भईन्छ, न परिवार न त राष्ट्र भन्ने कुरा बताउदै आफ्नो कर्तव्य कसैले पनि बिर्सन नहुने बताउनु भयाे ।
कार्यक्रम बिहान १०:३० बजे शुरू भई बेलुका ४ बजेसम्म सञ्चालन भएको थियो।
तालिममा तेली स-जातिका ३० जना युवायुवतीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
समापन सत्रमा प्रमुख तथा विशिष्ट अतिथिहरूको हातबाट सहभागीहरूलाइ प्रमाणपत्र वितरण गरिएको थियो।
सहभागीहरूले तालिमले आफूहरूमा सकारात्मक सोच, सामाजिक जागरूकता र नेतृत्व विकासमा नयाँ उर्जा भरिएको अनुभव सुनाउँदै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने अपेक्षा राखेका थिए।
View : 129
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved