सिड्नी, अष्ट्रेलिया - एक्सेल्सिया युनिभर्सिटी कलेजको विद्यार्थी प्रतिनिधि परिषद् (एसआरसी) को अध्यक्षमा नेपाली विद्यार्थी अनुपमा बास्तोला निर्वाचित भएकी छिन्। मास्टर अफ सोसल वर्क अध्ययनरत बास्तोलाले विद्यार्थीहरूको प्रत्यक्ष मतदानबाट जित हासिल गरेकी हुन्।
उनको यो जितले उनको नेतृत्व क्षमता र निर्णय क्षमतालाई थप प्रमाणित गरेको छ। अष्ट्रेलियाभित्र र बाहिर विभिन्न पुरस्कारबाट सम्मानित बास्तोला कुशल प्रस्तोता, आयोजक र सक्रिय विद्यार्थी नेतृको रुपमा परिचित छिन्।
एक्सेल्सिया कलेजमा ५० भन्दा बढी देशका विद्यार्थीहरू अध्ययनरत छन्, जसले यहाँ बहुसांस्कृतिक वातावरण सिर्जना गरेको छ। अध्यक्ष निर्वाचित भएपछि बास्तोलाले विद्यार्थीहरूको हकहितका मुद्दाहरूलाई प्राथमिकता दिने र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सशक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएकी छिन्। उनले विभिन्न देशका विद्यार्थीहरूबीच सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने र एकअर्काको संस्कृति बुझ्न सहयोग गर्ने योजना पनि अघि सारेकी छिन्।
"यो कलेज विभिन्न देशका विद्यार्थीहरूको साझा थलो हो, र हामीले एकअर्काको संस्कृतिलाई सम्मान गर्दै साझा सहकार्यको वातावरण बनाउनुपर्छ," बास्तोलाले भनिन्। "मेरो मुख्य उद्देश्य विद्यार्थीहरूको समस्यालाई समाधान गर्न र कलेजको विकासमा योगदान पुर्याउनु हो।"
उनको यो सफलताले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई थप हौसला मिलेको छ।
View : 2924
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved