Biratnagar, Morang, Nepal
अर्थ

मोरङ चेम्बर अफ कमर्समा नयाँ नेतृत्व

मोरङ चेम्बर अफ कमर्सकाे अध्यक्षमा शिवप्रसाद रिजाल निर्विरोध चयन

-
भोजराज घिमिरे
२० साउन २०८२, मङ्गलवार

Advertisement


मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट शिवप्रसाद रिजाल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको हो।

नयाँ कार्यसमितिमा घनश्याम कवरा र तुलसी प्रसाद पोखरेल उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा कृष्ण प्रसाद दाहाल, सचिवमा हरिबहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोज कुमार मिश्र र सह–कोषाध्यक्षमा देवेन्द्र बहादुर बस्नेत चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा अञ्जली देवी श्रेष्ठ, विजय सुरना, दुर्गा रेग्मी, जुगल किशोर राठी, विकास लालवानी, रितेश खनाल, सीता देवी पराजुली, सुरेश कुमार भट्टराई, सुवास प्रसाद रिजाल र चिरञ्जीवी पराजुली रहेका छन्।

नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई निवर्तमान अध्यक्ष यदव पोखरेलले अबिर र माला लगाएर बधाई दिएका थिए। उनले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै कार्यकाल सफल, सशक्त र व्यवसायमैत्री हुने अपेक्षा गरे।

निर्वाचन अधिकृतको रूपमा वरिष्ठ अधिवक्ता सुरेश लाल श्रेष्ठले निर्वाचन परिणामको औपचारिक घोषणा गरेका थिए।

View : 158

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved