चैत्र ९ , २०८१, शनिवार
विराटनगर ।
मानसिक स्वास्थ्यका क्षेत्रमा चर्चित वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर रोशन पोखरेलको सेवा पुनः विराटनगर महानगरपालिका वडा न –९, संसारी माईस्थान पश्चिम पुरानो मोरङ सहकारी अस्पताल रहेको भवनमा सञ्चालनमा रहेको निको अस्पतालमा सुरु भएको छ ।
कोशी अस्पतालमा विगत लामो समय देखि सेवा दिदै मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत भएर पुर्व क्षेत्रमा मानसिक स्वास्थको क्षेत्रमा सेवा पुर्याएका डाक्टर पोखरेल , स्वास्थ मन्त्रालयमा स्वास्थ सेवा विभागको निर्देशक हुँदै सो पश्चात् नेपाल सरकारको स्वास्थ सचिवका रुपमा कार्य गरेका थिए । उनी केही दिन अघि मात्र स्वास्थ सचिवबाट सेवा निवृत भएका थिए ।
काठमाडौमै पनि सेवा दिने अवसर प्राप्त हुँदा हुँदै पनि डाक्टर पोखरेलले आफ्नो सेवाका लागि कोशी प्रदेशको विराटनगर रोजेका हुन ।
पुर्व क्षेत्रमा मानसिक स्वास्थ चिकित्सकका रुपमा ब्रान्डका रुपमा जनमानसमा परिचित डाक्टर पोखरेल विराटनगर नरहदा पनि बिरामीले पोखेरेलको अभाव महसुस गर्ने गरेकोमा अब भने निको अस्पताल विराटनगरबाट उच्च गुणस्तरको मानसिक स्वास्थ सेवा डाक्टर पोखरेलको उपस्थितिमा नै प्राप्त गर्न सक्नेछन ।
डाक्टर पोखरेलको आगमनसँगै यहाँका सेवाग्राहीहरूले अनुभवी चिकित्सकबाट उपचार पाउनुका साथै जुनसुकै मानसिक स्वास्थ्यको समस्यालाई सहज र सुलभ रुपमा उपचार गर्न पाउने अस्पतालका संचालक श्याम सुन्दर पौडेल मिलनले जानकारी दिए ।
View : 722
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved