राष्ट्रिय युवा संघ निर्वाचन
पोखरा,
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे पुनः निर्वाचित भएका छन्। पोखरामा सम्पन्न महाधिवेशनमा उनले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि विजयी भएका हुन ।
थेवे ७९६ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी पुरी ६०८ मतमा सीमित भए। साथमा, थेवेको नेतृत्वमा रहेको प्यानलसमेत बहुमतका साथ विजयी भएको छ।
१ हजार ७६४ जना प्रतिनिधिहरू सहभागी महाधिवेशनमा १ हजार ४०४ जनाले मात्र मतदान गरेका थिए।
प्राप्त विवरण अनुसार विभिन्न प्रदेशबाट खसेका मत यस्तो छ:
कोशी प्रदेश: १८५
मधेश: १०१
बागमती: १६४
लुम्बिनी: १३१
सुदूरपश्चिम: ११६
गण्डकी: १२३
कर्णाली: १०५
विशेष प्रदेश: ६९
आयोज: ४१०
एमालेका जनसंगठनहरूमध्ये यो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने पहिलो संस्था युवा संघ बनेको छ। गत फागुनयता सम्पन्न १२ वटा जनसंगठनको महाधिवेशनमध्ये प्रेस चौतारी लगायत अन्य ११ संस्थामा निर्वाचन नगरी सर्वसम्मत नेतृत्व चयन गरिएको थियो।
पार्टीको भातृ संगठनबीच उदाहरणीय ढंगमा सम्पन्न निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई बल पुर्याएको नेताहरूको प्रतिक्रिया छ।
View : 513
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved