Biratnagar, Morang, Nepal
अर्थ

ट्रक ब्यवसायी संघ विराटनगरको चुनाव

ट्रक ब्यवसायी संघ विराटनगरको अध्यक्षमा सिग्देल निर्वाचित

-
अखवारका कुरा
३१ चैत २०८१, आइतवार

Advertisement

विराटनगर ३१ चैत । विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा यूवा व्यवसायी सन्जीव सिग्देल निर्वाचित भएका छन । 


अध्यक्षका अर्का उम्मेदवारलाई २६ मतान्तरले पराजित गर्दै अध्यक्षमा सिग्देल निर्वाचित भएका हुन । उनले  १२५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिष्पर्धी नरबहादुर भण्डारीले ९९ मत प्राप्त गरेका थिए । 

विराटनगरमा शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम आउदै गर्दा सिग्देलको प्यानलनै निर्वाचित भएको छ । 

ट्रक ब्यवसायी संघको उपाध्यक्षमा अशोक पोद्धार, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा रामचन्द्र दाहाल र कोषाध्यक्षमा खगेन्द्र सिग्देल निर्वाचित भएका छन । 

सदस्यहरुमा दिलिपकुमार धाडेबा, युवराज श्रेष्ठ, वीरबहादुर गिरी, दिनेश सिग्देल, ध्रुवप्रसाद काफ्ले, तुलसी पोखरेल र मेखबहादुर अधिकारी निर्वाचित भए। 

यसअघि फागुन २६ गते संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभाको उद्घाटन भए पनि त्यसपछिको प्रक्रिया स्थगित हुन पुगेको थियो । साधारणसभामा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन हुन सकेको थिएन । 

संघमा आवद्ध रहेका २५१ सदस्यहरू मध्ये साधारणसभामा १४४ जना मात्रै उपस्थित भएपछि नरबहादुर भण्डारी नेतृत्वको असन्तुष्ट पक्षले उपस्थितिमा हस्ताक्षर नगर्दा अधिवेशन स्थगित भएको थियो ।

View : 126

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved