जेसीज सप्ताह
विराटनगर – विराटनगर जेसीजले विराट बहिरा माध्यमिक विद्यालयमा “Art Beyond Words” शीर्षकको चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि, बिराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले विद्यालयका सुनाइ र बोलाइमा चुनौती भएका छात्र–छात्रा, शिक्षक–शिक्षिका, कर्मचारी तथा उनका परिवारलाई निशुल्क ओपीडी सेवा र अन्य जाँचहरूमा विशेष प्राथमिकता दिने घोषणा गरेका छन्।
त्यसैगरी, डा. कार्कीले सम्पूर्ण छात्रालाई आजीवन निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने र विद्यालय परिसरमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले उक्त घोषणा गर्दा उपस्थित सबैलाई प्रभावित बनाएको थियो र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रुपमा उपस्थित व्यक्तित्वहरुले प्रशंसा गरेका थिए ।
प्रतियोगिताका निर्णायक विराटनगर जेसीजका पुर्व अध्यक्ष देवेश प्रधानले आयुषा खाँ (कक्षा ५), फुर्बु रिनजिन शेर्पा (कक्षा ११) र सुरज महुली (कक्षा २)
लाई विजेता घोषणा गरेका थिए । विजेताहरूलाई प्रमाणपत्र र पुरस्कारद्वारा सम्मान गरिएको थियो।
सप्ताहका मुख्य कार्यक्रम संयोजक कबिराज दाहालले प्रतियोगिताको उद्देश्य र तयारीबारे जानकारी दिँदै सबै सहभागी र सहयोगीहरू प्रति आभार व्यक्त गरे
कार्यक्रम संयोजक आकृति रानी फुयलले कार्यक्रम सफल बनाउन सहयोग र माया प्रदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन भने अध्यक्ष प्रीतेशराज दाहालले यस्ता सिर्जनात्मक र समावेशी पहलहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विराटनगर जेसीजका पुर्व अध्यक्षहरु , बोर्ड अफ ट्रस्ट अध्यक्ष , विराटनगर जेसीज बोर्ड तथा पदाधिकारी र सद्स्यहरुको साथै विधालयका प्रधानाध्यापक सहित विधालय परिवारको उपस्थिती रहेको थियो ।
View : 514
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved