Biratnagar, Morang, Nepal
सामाजिक सेवा

बाल आश्रममा खीर

विराटनगरमा खीर खुवाउने कार्यक्रम सम्पन्न

पूर्वाञ्चल बाल आश्रममा ४० बालबालिकालाई खीर खुवाइएको हो ।
-
अखवारका कुरा
१६ साउन २०८२, शुक्रवार

Advertisement

विराटनगर, साउन १६।

साउन १५मा खीर खाने दिनको  अवसरमा लियो क्लब अफ विराटनगर सेन्ट्रल, सेन्ट्रल मेघा र सेन्ट्रल सताब्दीको संयुक्त आयोजनामा पूर्वाञ्चल बाल आश्रममा खीर खुवाउने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा आश्रमका ४० जना बालबालिकालाई खीर खुवाइएको थियो।

कार्यक्रमको अध्यक्षता लियो पवन कुमार काफ्लेले गरेका थिए, जो लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका अध्यक्ष हुन्।

प्रमुख अतिथिका रूपमा लायन विजय हरी शर्मा, र विशेष अतिथि लायन लीला कुमार ढुंगेल रहेका थिए।कार्यक्रममा लियो डिस्ट्रीक्ट ३२५ सी का प्रेसिडेन्ट लियो-लायन मनोज तिवारी लगायत लियो डिस्ट्रीक्टका अन्य पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै बालबालिकासँग आत्मीयता र स्नेह बाँड्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिएको अध्यक्ष काफ्लेले जानकारी दिए । 

View : 1046

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved