विराटनगर, मोरङ - मोरङ निर्माण व्यवसायी संघको २७ औं साधारण सभा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष उपस्थितिमा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरूको योगदानको प्रशंसा गर्दै गुणस्तरीय निर्माणलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
मुख्यमन्त्रीले निर्माण क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको र खरिद ऐनमा आवश्यक सुधार गरेर निर्माण व्यवसायीलाई सहज वातावरण बनाउन प्रतिबद्धता व्यक्त गरे। उनले भने, "चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीहरूमा आशा जगाएको छ।" साथै, निर्माण व्यवसायीलाई भुक्तानी दिने विषयमा पनि उनले आश्वासन दिए।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्नो सम्बोधनमा निर्माण व्यवसायीहरू भुक्तानीमा ढिलाइका कारण आर्थिक समस्यामा परेको उल्लेख गर्दै सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिए। उनले निर्माण व्यवसायी संघका कारण २५ लाख मानिसले रोजगारी पाएको पनि जानकारी दिए।
सभाको अवसरमा, हिमाल आँखा अस्पताल प्रा.लि. विराटनगरले निःशुल्क आँखा शिविरको आयोजना गरेको थियो, जहाँ निर्माण व्यवसायी संघका सदस्य लगायत आमन्त्रितहरूले आँखा जाँच गराएका थिए।
View : 479
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved