स्काउटको लागुपदार्थ दुर्व्यसनविरुद्ध अभियान
विराटनगर – ‘स्वस्थ जीवन, उज्यालो भविष्य’ ,'युवालाई बचाऔ , राष्ट्रलाई बनाऔ 'जस्ता नाराका साथ आज विराटनगरमा लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतनामूलक विशाल र्याली सम्पन्न भएको छ। प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा आयोजित यस र्यालीमा विराटनगरमा क्रियाशील २० वटा स्काउट दलका ५५० भन्दा बढी स्काउटर, रोभर/रेन्जर, र स्काउटहरू सहभागी भएका थिए।
स्थानिय स्काउट कार्यालय, विराटनगरको व्यवस्थापनमा सञ्चालित र्याली संसारीमाइस्थान बाट सुरु भई ट्राफिक चोक, जलजला मोड, शनि मन्दिर हुँदै श्री सत्यनारायण आधारभूत विद्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा प्रदेश प्रमुख स्काउट आयुक्त हेमन्त भण्डारीले विशेष सम्बोधन गर्नुहुँदै युवा पुस्तालाई लागूपदार्थबाट टाढा राख्न यस्ता सचेतनामूलक कार्यक्रमको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो।
उहाँले स्काउट आन्दोलनले राष्ट्र निर्माणमा पुर्याउँदै आएको योगदान र सामाजिक उत्तरदायित्वप्रति युवा पुस्ताको सक्रियता प्रसंशायोग्य भएको धारणा राख्नुभयो।
यस र्यालीले सम्पूर्ण विराटनगरवासीमा चेतना फैलाउने मात्र होइन, युवामाझ सकारात्मक सोचको सन्देश पनि फैलाएको छ। सहभागी स्काउटरहरूको अनुशासन, जोश र देशसेवाको भावना र्यालीभर प्रस्ट देखिएको थियो।
यस प्रकारका सचेतनामूलक अभियानले युवालाई मार्गदर्शन गर्दै देश विकासमा सक्रिय बनाउन प्रेरणा दिने निश्चित छ।
View : 315
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved