Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लायन्सको सेवा

लायन्स पाथीभराद्वारा दारैयामा आयोजित बृहत् आँखा शिविरमा १३१ जनाले पाए निःशुल्क सेवा

लायन्स क्लब अफ विराटनगर पाथिभराले विराटनगरको दारैयास्थित पाथिभारा जनता लर्निङ सेन्टरमा आयोजना गरेको बृहत् आँखा शिविरमा १३१ जनाले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन्।
-
अखवारका कुरा
१२ जेठ २०८२, सोमवार

Advertisement

विराटनगर — लायन्स क्लब अफ विराटनगर पाथिभराले   विराटनगरको दारैयास्थित पाथिभारा जनता लर्निङ सेन्टरमा आयोजना गरेको बृहत्  आँखा शिविरमा १३१ जनाले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन्। स्थानीय समुदायलाई लक्षित गरी आयोजना गरिएको यस एकदिने शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूले  आँखा जाँच गराएका थिए।

शिविरमा १५ वर्षमुनिका ३८ जना बालबालिकाको दृष्टि परीक्षण गरियो भने २० वर्षभन्दा माथिका ९३ जना वयस्कको पनि विस्तृत आँखा परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा ३१ जनामा मोतिबिन्दुको समस्या पत्ता लाग्यो, जसको निःशुल्क शल्यक्रिया यही मङ्गलबार बिराटनगर आँखा अस्पताल, रानीमा गरिनेछ। शिविरमा उपस्थित सेवाग्राहीहरूलाई उनीहरूको आवश्यकताअनुसार निःशुल्क औषधि समेत वितरण गरिएको थियो।

शिविरमा बिराटनगर आँखा अस्पताल, रानीको दक्ष मेडिकल टोलीले सेवा दिएको थियो भने औषधिको व्यवस्था फार्मानिल फार्मेसी प्रा लिले गरेको थियो। कार्यक्रम सफल बनाउन रिजन चेयरपर्शन  क्लबका पुर्व अध्यक्ष  एकता थापा, लियोका निवर्तमान अध्यक्ष अमन कर्ण, लियो अझर अन्सारी, निवर्तमान डिस्ट्रीक्ट गभर्नर  लायन  विजय हरि शर्मा, लायन अनिल शर्मा र राज क्षेत्रीको विशेष योगदान रहेको थियो ।

कार्यक्रममा आयोजक लायन्स क्लब अफ विराटनगर पाथीभराकि अध्यक्ष आश्मा चालिसे खनालले शिविरप्रति समुदायको उत्साहजनक सहभागिता देखेर आफू अत्यन्त हर्षित भएको बताइन्। “हामीले सोचेभन्दा बढी सेवाग्राहीहरूको उपस्थिति रह्यो,” उनले भनिन्, “यसले हाम्रो कामप्रति जनविश्वास झनै मजबुत बनाएको छ।” उनले आगामी दिनहरूमा यस्ता स्वास्थ्य शिविरहरू अझ व्यापक ढंगले सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरिन्।

View : 543

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved