Biratnagar, Morang, Nepal
देश

इटहरीमा जेनजी आन्दोलनका क्रममा गोली चल्दा दुईको मृत्यु

-
अखवारका कुरा
२२ भदौ २०८२, सोमवार

Advertisement

 सुनसरीको इटहरीमा जारी जेनजी आन्दोलनका क्रममा प्रहरीले नियन्त्रणका लागि गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

घटनामा घाइते दुई जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएपछि चिकित्सकले मृत घोषित गरेका हुन्। मृतकहरूको पहिचान अझै खुलेको छैन, तर उनीहरू करिब २५ र ३० वर्षका भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

घाइतेमध्ये एक व्यक्ति सशस्त्र प्रहरी बलका सहायक हवल्दार रहेका छन्। उनको गालामा चोट लागेको र गोली लागेको आशंका गरिएको छ। उनको अवस्था स्थिर नभएको बताइएको छ।

यस्तै, झापाको दमकमा पनि गोली लागेर एक जनाको उपचार बीपी प्रतिष्ठानमा भइरहेको छ। प्रहरीले आन्दोलन नियन्त्रणका लागि थप कदम चालिरहेको छ।

इटहरी क्षेत्रमा अहिले तनाव व्याप्त छ, र प्रहरीले सार्वजनिक स्थलमा सतर्कता बढाएको छ। प्रदर्शनकारीहरू सडकमा रहेका कारण सुरक्षा व्यवस्था थप कडा गरिएको छ।

View : 85

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved