नेपाल आइडल
काठमाडौं । नेपाल आइडल सिजन–६ की विजेता गंगा सोनाम बनेकी छन्। आइतबार राजधानीमा सम्पन्न ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै सोनामले उपाधि हात पारिन्।
फाइनलमा विजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए। त्यस्तै, बबिता थापा मगर फस्ट रनरअप र दर्शना गन्धारी सेकेन्ड रनरअप बने।
नेपाल आइडलले यसअघि पनि दर्जनौँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ। आयोजकले विजेताले भविष्यमा सांगीतिक क्षेत्रमा अझ ठूलो योगदान दिने विश्वास व्यक्त गरेका छन्।
View : 346
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved