मोरङ,२४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आज यहाँ जेष्ठ सदस्यहरुलाई सम्मान एवं पार्टी प्रवेशलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ।
पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले ८० बर्षभन्दा माथिका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै
भने ,‘देश बनाउन र मुलुकलाई समृद्ध बनाउन पार्टीले सङ्कल्प लिएको छ ’ ।
अध्यक्ष लिङ्गदेनले पार्टीको मुख्य उद्देश्य भनेको देश र धर्म जोगाउनु हो भन्दै पार्टीमा लाग्दा कोही कसैलाई कुनै किसिमको पश्ताचाप नहुने बताए ।
पार्टीलाई शक्तिशालीे बनाउन गाउँ गाउँमा संगठन विस्तार गर्नु पर्नेमा जोड दिने पनि उनको कथन थियो ।
पार्टीका महामन्त्री प्रल्हादप्रसाद साह र मोरङ अध्यक्ष गोपाल कटुवालले आगामी निर्वाचनमा पार्टीको नेतृत्वमा सरकार गठन गर्नका लागि अहिले देखि जनताले भोग्नु परेका ज्वलन्त समस्या उठाउन कार्यकर्ताहरुलाई अनुरोध गरे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आउनेहरुलाई पार्टीमा स्वागत गरिएको थियो ।
View : 478
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved