Biratnagar, Morang, Nepal
सामाजिक सेवा

नेपाली युवालाई अन्तर्राष्ट्रिय सफलता

नेपाली युवा नेतृत्वको इतिहास रच्दै लियो–लायन शिव शंकर मण्डल लिडरसिप मेडलद्वारा विश्वमञ्चमा सम्मानित

लियो इतिहासमा पहिलो पटक कुनै नेपालीले पाएको यो अन्तर्राष्ट्रिय सम्मान सेवामा समर्पण, नेतृत्व क्षमता र स्पष्ट दृष्टिकोण भएका व्यक्तिलाई दिइन्छ। विश्वभरका हजारौं लियो/लायन लिडरमध्येबाट छनोट भएर पाएको यो पुरस्कार अत्यन्तै प्रतिष्ठित मानिन्छ।
-
अखवारका कुरा
१२ जेठ २०८२, सोमवार

Advertisement

सपना देख्नुपर्ने रहेछ, सानो देशबाट पनि ठूलो प्रभाव पार्न सकिने रहेछ

यही विश्वासका साथ मोरङका युवा नेतृत्वकर्ता लियो–लायन शिव शंकर मण्डलले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण अक्षरले लेख्ने सफलता हासिल गरेका छन्।

हाल लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ ‘सी’ का अध्यक्ष रहेका मण्डललाई लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेराले ‘International Leadership Medal’ प्रदान गरेकी छिन्। यो सम्मान केवल व्यक्तिगत उपलव्धि नभई सम्पूर्ण नेपाली युवाको सम्भावनाको प्रतीक हो।

लियो इतिहासमा पहिलो पटक कुनै नेपालीले पाएको यो अन्तर्राष्ट्रिय सम्मान सेवामा समर्पण, नेतृत्व क्षमता र स्पष्ट दृष्टिकोण भएका व्यक्तिलाई दिइन्छ। विश्वभरका हजारौं लियो/लायन लिडरमध्येबाट छनोट भएर पाएको यो पुरस्कार अत्यन्तै प्रतिष्ठित मानिन्छ।

मण्डल भन्छन्, “नेतृत्व पदमा बस्ने होइन, परिवर्तन ल्याउने एउटा माध्यम हो ।” उनी पद भन्दा सेवा र पुरस्कार भन्दा प्रेरणालाई बढी महत्व दिन्छन्, जसले नेपाली युवामा विश्वास जगाउने काम गर्छ।

उनको यात्रा सहज थिएन।सानो गाउँ बाट पढ्नका लागि मोरङको विराटनगर आएर पढाइ सङ्ग सङ्गै सामाजिक कार्यमा समेत होमिएर  सीमित स्रोत र चुनौतीका बाबजुद पनि उनले निरन्तर सेवा र शिक्षाका माध्यमबाट समुदायमा सकारात्मक परिवर्तन ल्याउन संघर्ष गरे। उनका नेतृत्वमा सयौं युवा गाउँदेखि शहरसम्म सामाजिक उत्तरदायित्वमा सक्रिय भएका छन्।

यो सम्मानले नेपाली युवामा आत्मविश्वास र प्रतिबद्धताको ज्योति बाल्दै देशको उर्जा विश्वमञ्चमा उजागर गरेको छ। लायन्स डिस्ट्रीक्ट ३२५ सी का गभर्नर विकास अधिकारी खुसी ब्यक्त गर्दै भन्छन  — “शिव शंकरले प्रमाणित गरे, आत्मविश्वास र समर्पण भए नेपाली युवाले विश्वलाई नै प्रभावित पार्न सक्छन भन्ने उदाहरण बन्न सफल भएकोमा लायन्स परिवार समेत हर्षित छ ।”

उनको यो सफलता अब लियो अभियान मात्र नभई शिक्षित, सचेत र समाजप्रेमी युवाहरूलाई पनि एउटा सशक्त सन्देश हो — “हामी पनि सक्छौं!”

View : 2368

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved