पूर्वाञ्चल विश्वविद्यालयको महत्त्वपूर्ण कदम
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विदेशमा अध्ययन पूरा नगरि विशेष कारणले नेपाल फर्किने विद्यार्थीलाई अध्ययनको अवसर दिने भएको छ ।
रजिस्ट्रार कार्यालयको सुचना अनुसार उच्च शिक्षाका लागि विभिन्न देश गइ अध्ययन पूरा गर्न नपाइ स्वदेश फर्किएमा अध्ययनको अवसर दिदै क्रेडिट ट्रान्सफरको सुविधा विश्वविद्यालयले दिने भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषद्ले निर्धारण गर्ने मापदण्ड बमोजिम पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त स्कुल/क्याम्पस/कलेजमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा क्रेडिट ट्रान्सफर (Credit Transfer) गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय भएको सुचना विश्वविद्यालयले सार्वजनिक गरेको हो ।
हाल नेपाली विधार्थीहरु भारत लगायत विश्वका विभिन्न देश अध्ययनका लागि जाने भए पनि उक्त देशहरुमा पुगे पश्चात् विभिन्न समस्या भोगेर नेपाल फर्कने क्रम बढे सगै उनीहरुले अध्यन गर्न नपाइ रहेको अवस्थामा विश्वविद्यालयले दिएको यो सुविधाबाट धेरै विधार्थीहरुले आफ्नो अध्ययनलाइ सहज रुपमा पूरा गर्न पाउने भएकाले यो निर्णयलाई महत्त्वपूर्ण कदमका रुपमा हेरिएको छ ।
View : 390
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved