लायन्स क्लब अफ दुहबीले दुहबी अवस्थित दुर्गा मन्दिर परिसरमा फुल रोपेर सौन्दर्यकरणको कार्य गरेको छ। ४० वटा गमलामा फूलहरू रोपेर मन्दिर वरिपरि राखिएको छ।
फुलका गमलाहरू दुर्गा पूजा समितिका अध्यक्ष मनिष प्रसाद रौनियारलाई हस्तान्तरण गरेर त्यसको सुरक्षा गरिदिन हुन समेत लायन्स क्लबका अध्यक्ष लायन युवराज चौधरीले अनुरोध गर्नुभयो।
गमलामा फूलहरू रोप्न लायन्स क्लबका सदस्यहरू, लियो क्लबका सदस्यहरू तथा दुर्गा पुजा समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
गमला तथा फूलहरू खरिद गर्नका लागि गोकुल किड्जी स्कुल तथा पपुलर डेन्टल प्रालीले सहयोग गरेको दुहवी लायन्स क्लवका कोषाध्यक्ष लायन अभिषेक योन्जनले जानकारी दिनु भयो ।
त्यस्तै दुहवी लायन्स क्लव र दुहवी लियो क्लवले दुर्गा पुजा अवधिभर भक्तजनहरुको सहजताका लागि स्वयंसेवा समेत गरिरहको जानकारी दुहवी लियो क्लवका अध्यक्ष लियो विराज रायमाझीले जानकारी दिनु भयो ।
View : 208
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved