Biratnagar, Morang, Nepal
देश

लोबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, क्याप्टेन विवेक खड्कालाई काठमाडौं ल्याइँदै

-
अखवारका कुरा
१२ कार्तिक २०८२, बुधवार

Advertisement


काठमाडौं -  सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको अल्टिच्युट एयरको हेलिकप्टरका क्याप्टेन विवेक खड्कालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

लुक्लाका पर्यटन व्यवसायी नुर्बु शेर्पाका अनुसार क्याप्टेन खड्काको अवस्था सामान्य छ।
‘उहाँको शरीरको बाहिरी भागमा सामान्य चोट लागेको छ, अहिले आत्तिनुपर्ने अवस्था छैन,’ शेर्पाले भने।

दुर्घटनाग्रस्त हेलिकप्टर ९एन–एएमएस आज बिहान पर्यटक उद्धारका लागि लोबुचे पुगेको थियो। त्यस क्रममा हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ।

घाइते क्याप्टेन खड्कालाई लुक्लाबाट हेलिकोप्टरमार्फत रामेछाप विमानस्थल ल्याइने र त्यहाँबाट नियमित जहाजमार्फत काठमाडौं पठाइने तयारी भएको जानकारी प्राप्त भएको छ ।

View : 113

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved