Biratnagar, Morang, Nepal
प्रदेश

मधेश प्रदेश सरकार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

-
अखवारका कुरा
२४ कार्तिक २०८२, सोमवार

Advertisement

 

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् ।

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । यादवलाई आज विहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए । 

बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भनेर काठमाडौं जान लागेको सूचना दिएका थिए ।

प्रदेश प्रमुख भण्डारीले काठमाडांै जाने क्रममा बाटोमै एक होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएको जनाइएको छ । अहिले प्रदेश प्रमुख र एमालेको व्यापक विरोध सामाजिक सञ्जालमा भइरहेको छ ।

View : 24

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved