मोरङ, असोज ३ – संविधान दिवस २०८२ को अवसरमा प्रहरी चौकी बखरीमा शुक्रवार विशेष कार्यक्रम आयोजना गरी नेपालको राष्ट्रिय झण्डा तथा प्रहरी झण्डा आरोहण गरिएको छ।
कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष हिरालाल कामत, प्रहरी चौकी बखरी हाटखोलाका प्रमुख प्रविण भट्टराई, चौकीका सम्पूर्ण प्रहरी कर्मचारी, पंचमुखी युवा क्लबका युवा लगायत स्थानीयवासी गरी करिब २५ जनाको उपस्थिती रहेको थियो।
कार्यक्रमलाई वडा अध्यक्ष कामत , पंचमुखी युवा समाजका संयोजक लाक्पा लामा , सचिब मदन लिम्बू ,सस्थाका सल्लाहकार बिक्रम राजवंशी लगायतले संविधानले दिएको अधिकारको रक्षा गर्दै जिम्मेवारीपूर्वक अघि बढ्न सबैलाई आह्वान गरे। त्यस्तै प्रहरी चौकीका प्रमुख प्रविण भट्टराईले संविधान दिवसलाई मुलुकको ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै शान्ति–सुरक्षा कायम राख्न प्रहरी सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गरे।
स्थानिय युवाहरुले समेत संविधान दिवसलाई ऐतिहासिक महत्वको दिन भन्दै राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यमा जोड दिएका थिए।
View : 323
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved