वैदेशिक शिक्षा
विराटनगर – विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि लक्षित परामर्श संस्था ‘लक्ष्य ग्लोबल नेटवर्क’ विराटनगरमा औपचारिक रूपमा सञ्चालनमा आएको छ। संस्थाको उद्घाटन नेकपा (एस) का युवा नेता तथा केन्द्रीय सदस्य वसिम आलमले गरेका हुन्।
कार्यक्रममा बोल्दै नेता आलमले शिक्षालाई सेवा र विश्वासको विषय मानेर काम गर्ने संस्था आजको आवश्यकता भएको बताए। “विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिने क्षेत्र हो यो। गलत सल्लाहले विदेश पुगेर भोग्नुपर्ने पीडाबाट जोगाउन यस्ता इमानदार संस्थाले ठूलो भूमिका खेल्न सक्छ,” उनले भने।
संस्थाका म्यानेजिङ डाइरेक्टर प्रितेश झाले लक्ष्य ग्लोबल नेटवर्कले “जे हो त्यही, हामी झुक्याउँदैनौं” भन्ने नारा लिएर पारदर्शिता र इमानदारीलाई पहिलो प्राथमिकतामा राख्दै आएको बताए। “हामी विद्यार्थी र अभिभावकलाई सपनासँगै सत्यता पनि देखाउँछौं,” उनले भने।
तीन जना लगानीकर्ताको सहकार्यमा स्थापना गरिएको यस संस्थामा झाका साथ विवेक शर्मा र नितेश गुप्ता रहेका छन्। दुबै सञ्चालकले पनि आ–आफ्नो अनुभव र लक्ष्यबारे धारणा राखे।
विवेक शर्माका अनुसार भारत नेपाली विद्यार्थीहरूका लागि सहज, गुणस्तरीय र तुलनात्मक रूपमा किफायती विकल्प हो। “भारतसँग हाम्रो शैक्षिक, भौगोलिक र सांस्कृतिक नजिकको सम्बन्ध छ। विश्वस्तरका विश्वविद्यालयहरू सुलभ खर्चमा पाउने भएकाले भारत एक व्यवहारीक गन्तव्य हो,” उनले भने।
त्यस्तै, नितेश गुप्ताले दुबईको शिक्षा बजार विस्तार हुँदै गएको उल्लेख गरे। “दुबई अब केवल व्यापार र रोजगारीको शहर होइन, यहाँका विश्वविद्यालयहरूले ग्लोबल मान्यता पाएका डिग्री प्रदान गरिरहेका छन्। आधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय पाठ्यक्रम र सुरक्षा व्यवस्थाले दुबई नयाँ शैक्षिक केन्द्रको रूपमा उभिँदैछ,” उनले प्रस्ट पारे।
काठमाडौंको तीनकुनेमा पनि शाखा रहेको लक्ष्य ग्लोबल नेटवर्कले अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशहरूमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि भरपर्दो, पारदर्शी र सुलभ परामर्श सेवा दिँदै आएको छ।
View : 1029
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved