नेपाल विधार्थी संघ स्थापना दिवस
विराटनगर– नेपाली विद्यार्थी संघ (ने.वि.संघ) मोरङ जिल्ला कार्यसमितिले संघको ५६औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम बुधवार बिहान ११ बजे नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय मोरङमा हुने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा विचार गोष्ठी, सांस्कृतिक प्रस्तुति तथा हालै सम्पन्न स्ववियु चुनावमा विजयी भएका विद्यार्थी नेताहरूको सम्मान गरिनेछ भने पुर्व जिल्ला सभापतिहरुलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।
विद्यार्थीहरूमा सामाजिक जागरण र नेतृत्व क्षमताको विकास
गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन.पी. साउद रहनुभएको छ । उहाँ पूर्व ने.वि.संघ केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ।
ने.वि.संघ मोरङका सभापति सरोज पोखरेलका अनुसार, “संघको गौरवशाली इतिहासको स्मरणसँगै नयाँ नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। साथै, सांस्कृतिक कार्यक्रममार्फत युवा पुस्तामा रचनात्मकता र सामाजिक चेतना फैलाउने प्रयास हुनेछ।”
कार्यक्रममा मोरङ जिल्लाका विभिन्न क्याम्पसका विद्यार्थी नेताहरू, शिक्षक, सामाजिक अगुवा तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
View : 827
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved