बुढासुब्बा गोल्डकप
धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाईटेड क्लब काठमाडौँ बिच भोलि शनिवार प्रतिस्पर्धा हुँदै छ ।
एनआरटी तेस्रो पटक उपाधि नजिक पुगेको हो भने चर्चब्वाईजले बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल स्थान सुरक्षित गरेको हो ।
एनआरटीले फाइनल स्थान बनाउने क्रममा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टिम युकेएफसि भारतलाई पराजित गरेको थियो ।
चर्चब्वाईजले भने चार पटकको विजेता नेपाल पुलिस क्लब र पाहुना टिम भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल खेल्न लागेको हो । यस सिजनमा चर्च ब्वाईज र एनआरटि क्लबले ४ वटा फुटबल प्रतियोगिता र ३ वटामा सँगै फाइनल खेलेका छन् ।
यस सिजनमा खेलको अनुभव बुढा सुब्बाको फाइनल खेलमा प्रयोग हुने एनआरटीका टिम कोच श्याम मालीले पत्रकार सम्मेलनमा बताए । यस सिजनमा हामी फर्ममा छौँ , यस अगाडी खेलेका फाइनल खेलहरूको अनुभवले पक्कै काम गर्ने मालीले भने । चर्च ब्वाईज राम्रो टिम रहेकोले खेललाई राम्रो सँग खेल्ने तयारी रहेको टिम क्याप्टेन सरोज घिसिङले बताए ।
यस अघि चर्च ब्वाईजले इलाम गोल्डकप उपाधि जितेको थियो । ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको चर्चब्वाईजले एनआरटीलाई कडा प्रतिस्पर्धीका रूपमा हेरेको चर्चब्वाईजका टिम कोच सुमन श्रेष्ठले बताए ।
एनआरटी बलियो टोली भए पनि उच्च मनोबलका साथ फुटबल खेल्ने उनले बताए । एनआरटी राम्रो टिम हो तथापि राम्रो खेलेर टिमलाई उपाधि दिलाउने लक्ष्य रहेको चर्चब्वाइजका टिम क्याप्टेन अनन्त तामाङले बताए ।
धरान रंगशालामा हुने फाइनल खेलका विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउने आयोजकले जनाएको छ ।
View : 102
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved