ब्याड्मिन्टन प्रतियोगिता
नेपाल राष्ट्र बैंक विराटनगरका कर्मचारीहरू सम्म्मिलित टोलीले कोशी प्रदेशस्तरीय अन्तर्बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्दा, प्राइम कमर्सियल बैंकको टोलीले सशक्त प्रदर्शन गर्दै उपविजेता बन्ने सफलता हासिल गरेको छ।
दुई दिनसम्म चलेको प्रतियोगिता जेठ १६ र १७ गते बिराटनगरको कभर्डहलमा सम्पन्न भयो। नेपाल राष्ट्र बैंकका राजेन्द्र साम्बा र सुजन विश्वकर्माको जोडीले फाइनल खेलमा प्राइम कमर्सियल बैंकका सोनम लामा र भेषराज भुजेलको जोडीलाई २–० को सेटमा पराजित गर्दै च्याम्पियन बने।
३१ समूह सहभागी रहेको प्रतियोगितामा प्राइम कमर्सियल बैंकबाट दुई टोली मैदानमा उत्रिएका थिए। दोस्रो समूहमा निराकर पोखरेल र सञ्जीव घिमिरे सहभागी थिए।
नेपाल राष्ट्र बैंक बिराटनगरका तीनवटै कर्मचारी युनियनको संयुक्त आयोजना रहेको प्रतियोगिताले बैंकिङ क्षेत्रका कर्मचारीबीच सौहार्दपूर्ण सम्बन्ध र खेलकुदमा सहभागिता विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।
समापन समारोहमा नेपाल राष्ट्र बैंक बिराटनगरका प्रमुख सैलेन्द्र रेग्मी प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
प्राइम कमर्सियल बैंकले आफ्नो कर्मचारीहरूलाई व्यावसायिक दक्षता मात्र होइन, खेलकुद, संस्कृति र सामाजिक गतिविधिमा पनि सक्रिय सहभागिताका लागि निरन्तर प्रोत्साहित गर्दै आएको छ।
View : 984
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved