विराटनगर – कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकविरुद्ध शुक्रबार पत्रकारहरूले प्रदेशसभा परिसर अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको छ।
संसदीय पत्रकारहरूले प्रदेशसभा परिसरभित्र शान्तिपूर्ण धर्ना दिएका थिए भने नेपाल पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको अर्को समूह बाहिर प्रदर्शनमा उत्रिएको थियो। सोही क्रममा पत्रकार र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो।
विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार प्रदेशसभामा पेस गरिएको हो। प्रस्तावित विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखिएको छ, जसप्रति पत्रकारहरूले तीव्र असन्तुष्टि जनाएका छन्।
नेपाल पत्रकार महासंघ कोसी प्रदेशका अध्यक्ष भरत खड्काले संचारमाध्यममाथि अंकुश लगाउने खालको प्रावधान भएकाले विधेयकको विरोध गर्नुपरेको बताए।
View : 327
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved