विराटनगर जूनियर जेसीज निर्वाचन
विराटनगर जूनियर जेसीजको अध्यक्षमा आयुषा खतिवडा निर्विरोध निर्वाचित भएकी छिन्।
सोमबार विराटनगर स्थित जेसीज भवनमा भएको निर्वाचन प्रक्रियाबाट खतिवडा लगायतको टिम निर्वाचित भएको हो ।
उक्त निर्वाचन कार्यक्रममा विराटनगर जूनियर जेसीजका संस्थापक अध्यक्ष डा संदेश दास श्रेष्ठ, बिराटनगर जूनियर जेसीज वर्ष २०२४ का अध्यक्ष गौरव कर्ण, बिराटनगर जेसीजका वर्तमान अध्यक्ष जेसी प्रितेश राज दाहाल, बिराटनगर जेसीज बोर्ड अफ ट्रस्टका अध्यक्ष टीकाराज ढकाल,बिराटनगर जेसीजका भूतपूर्व अध्यक्ष टिपि आचार्य, सन्दिप दास श्रेष्ठ ,जूनियर जेसीजका भूतपूर्व अध्यक्ष सनराइज चौधरी,विकल्प न्यौपाने लगायत को उपस्थिति रहेको थियो।
२०२५ का लागि उपाध्यक्षमा संयुक्ता पोखरेल ,सार्थक गौतम , आरोग्य कोइराला र आदित्य कोइराला विजयी भएको छन ।
त्यस्तै तालिम निर्देशकमा दिया बानियाँ विजयी भएकि छिन ।
कार्यकारिणी उपाध्यक्ष मा रक्षिता तिमल्सिना , सृजेश कट्टेल ,मदन नेपाल विजय भएका छन्। त्यस्तै जनसम्पर्क अधिकारी मा बसंत रौनियार बिजयी भए ।
खतिवडाले आफ्नो बोर्डलाई पुर्णता दिदै महासचिवमा ओम जोगी, कानुनी सललाहकारमा विधान क्षेत्री, कोषाध्यक्षमा आदर्श कोइराला ,सह सचिवमा अंकिता निराैलालाई मनोनीत गरिन ।
अध्यक्षमा निर्वाचित भए पछि खतिवडाले बिराटनगर जेसीजको युवा परियोजनाको रुपमा रहेको जुनियर जेसीजको अध्यक्ष बन्दै गर्दा आफुले युवाहरुको नेतृत्व विकासका लागि आधुनिक सुचना प्रबिधि सम्बन्धि कार्यक्रम , माइनुटिङ , कानुन र युवा लगायत बिराटनगर जुनियर जेसीजले गर्दै आएको जेसिस हाजिरि जवाफ प्रतियोगिता र जेसीज टेवल टेनिस प्रतियोगिता गराउने प्रतिबद्धता जनाएकी छिन ।
View : 1158
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved