लोकसेवा तयारी कक्षा
विराटनगर – स्थायी र सम्मानित सरकारी सेवामा प्रवेश गर्ने सपना देख्ने युवाहरूका लागि उत्साहजनक खबर! ESARC Academy, विराटनगरले लोक सेवा आयोग अन्तर्गतका विभिन्न पदहरूको तयारी गराउने विशेष कक्षा सञ्चालन गर्न लागेको छ। कक्षा प्रारम्भ हुनु अघि जेठ १५ गते एक विशेष Orientation कार्यक्रम ESARC को बिजुली अफिस छेउस्थित कार्यालयमा आयोजना हुनेछ।
उक्त कार्यक्रममा सहभागीहरूले कक्षाको संरचना, पाठ्यक्रमको ढाँचा, तयारीका प्रभावकारी रणनीति, र सफल विद्यार्थीहरूको अनुभवबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नेछन्। कार्यक्रम बिहान ७ बजे र बेलुका ४ बजे गरी दुई सत्रमा सञ्चालन हुनेछ।
नेपालमा लोक सेवा जागिर स्थायीत्व, सामाजिक प्रतिष्ठा, र सुरक्षित भविष्यको पर्याय मानिन्छ। आकर्षक तलब, पेन्सन सुविधा, र सरकारी सेवा लाभले गर्दा यो क्षेत्र युवाहरूका लागि अत्यन्त रुचिकर बन्दै गएको छ।
ESARC Academy ले निम्न पदहरूको तयारी गराउनेछ:
कृषि विकास बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
माध्यमिक तह (मा.वि.) शिक्षण अनुमतिपत्र
नासु तथा खरिदार पद
यस तयारी कक्षामा अनुभवी र विषय विज्ञ प्रशिक्षकहरूद्वारा अध्यापन गराइने साथै अद्यावधिक पाठ्यसामग्री, परीक्षामुखी अभ्यास, र विद्यार्थीमैत्री वातावरणका साथ प्रभावकारी तयारी गराउने उद्देश्य राखिएको एकेडेमीले जनाएको छ ।
View : 551
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved