Biratnagar, Morang, Nepal
शिक्षा

एसईई नतिजा असार तेस्रो साता : बोर्डले सार्वजनिक गर्‍यो नतिजा हेर्ने विकल्पहरु

-
अखवारका कुरा
१० असार २०८२, बुधवार

Advertisement



काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा असारको तेस्रो साता सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले अन्तिम तयारी तीव्र पार्दै नतिजा हेर्ने विकल्पहरू सार्वजनिक गरेको छ ।

बोर्डले एक सूचना जारी गर्दै नतिजा हेर्न सकिने वेबसाइट, एसएमएस र आईभीआर सेवा प्रयोग गर्न सकिने जनाएको छ । यस वर्षको एसईईमा झण्डै ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

मोबाइलबाट नतिजा हेर्ने तरिका

विद्यार्थीहरूले एसएमएस, आईभीआर वा *USSD सेवा प्रयोग गरी नतिजा हेर्न सक्नेछन् । यसका लागि मोबाइलको मेसेज बक्समा गएर NEB <space> Symbol Number टाइप गरेर तल दिइएका नम्बरमा पठाउनु पर्नेछ :

नेपाल टेलिकम : 1600

जानकी टेक्नोलोजी : 35001

आकाश टेक : 31003

स्विफ्ट टेक : 34455

अल स्टार आईटी : 34949


उदाहरणका लागि : NEB 12345678D टाइप गरी पठाउँदा नतिजा प्राप्त हुनेछ ।

त्यसैगरी, *1600# डायल गरी यूएसएसडी सेवा प्रयोग गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

वेबसाइटमार्फत हेर्ने व्यवस्था

बोर्डका अनुसार तलका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिन्छ :

see.gov.np

neb.gov.np

see.ntc.net.np

ekantipur.com

see.esewa.com.np

swiftttech.com.np/see-result

result.neemaacademy.com

see.mypay.com.np

collegesnepal.com/see_result

collegeinfonepal.com

12khari.com

theconnectplus.com


एप्समार्फत नतिजा हेर्न सकिने

मोबाइल एप्समार्फत पनि नतिजा हेर्न सकिनेछ । यसको लागि तलका एपहरू प्रयोग गर्न सकिन्छ :

खल्ती

Esewa

Neema Academy

Mypay

एनसेल एप


बोर्डको भनाइ

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अंक प्रविष्टि, प्रमाणीकरण र डेटा सर्भर तयारीको काम लगभग सकिएको जनाइएको छ । बोर्ड स्रोतका अनुसार असार तेस्रो साता भित्र नतिजा सार्वजनिक हुने सम्भावना छ ।

“नतिजा त्रुटिरहित र समयमै प्रकाशन गर्ने तयारीमा छौँ,” बोर्डका एक अधिकारीले भने, “नतिजा हेर्न प्रविधिको प्रयोग सहज र प्रयोगकर्तामैत्री हुने विश्वास लिएका छौँ ।”

विद्यार्थी, अभिभावक विद्यालयको चासो

नतिजा नजिकिँदै जाँदा विद्यार्थी, अभिभावक र विद्यालयहरूको चासो बढ्दो छ । कतिपयले भविष्यको योजना बनाइसकेका छन् भने केही अझै आशंकित छन् । नतिजा प्रकाशनसँगै उच्च शिक्षा छनोटको दौड सुरु हुनेछ ।

View : 239

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved