नेविसंघ झडप
नेपाल विधार्थी संघले मोरङको विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस हाताभित्र भएको झडप प्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा द्वारा जारी विज्ञप्तिमा आचारसंहिताले संघको कुनै पनि सदस्यलाई बाहुबलको प्रयोग गर्ने र विद्यार्थी एकताको मर्म विपरित गतिविधि गर्ने गराउने अधिकार नदिएकोले क्याम्पसमा घटेको घटना नेपाल विद्यार्थी संघका लागि दुर्भाग्यपूर्ण हो भनिएको छ ।
साथै सो प्रकृतिका घटनाले संघको छवि माथि प्रतिकूल असर पार्ने र विद्यार्थी आन्दोलन विरोधी गतिविधिलाई मलजल पुग्ने हुँदा समग्र विद्यार्थी आन्दोलकलाई पुनर्जागृत गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने अभिभारा बोकेको संघ लाई अनुशासन हीनता स्वीकार्य हुन् नसक्ने जनाउदै उक्त घटनाको सत्य तथ्य छानविन गर्न निष्पक्ष छानविन समिति गठन गरी घटनामा संलग्न जोसुकैलाई अनुशासनको दायरामा ल्याइने समेत विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
साथै मोरङ सभापति सहित घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारवाही प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन एवं प्रहरी प्रशासन समक्ष माग गरिएको छ ।
स्ववियु चुनाव नजिकिँदै गरेको परिपेक्ष्यमा क्याम्पसमा भएका गतिविधिका बारे जानकारी लिन जिल्ला सभापति सरोज पोख्रेल लगायतको टोलि महेन्द्र मोरङ पुगेको थियो । सोहि क्रममा झडप हुँदा पोख्रेल घाइते भइ नोबेल मेडिकल कलेजमा उपचाररत छन ।
View : 383
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved