Biratnagar, Morang, Nepal
देश

न्यूज २४ दैनिकका सम्पादक तिर्थ कोइरालालाई ‘कोशराज रेग्मी स्मृति पत्रकारिता पुरस्कार’

-
अखवारका कुरा
६ भदौ २०८२, शनिवार

Advertisement

विराटनगर - न्यूज २४ दैनिकका सम्पादक तिर्थ कोइरालालाई यस वर्षको ‘कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

पिताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानले स्थापना गरेको उक्त पुरस्कार शनिबार विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले कोइरालालाई हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख बिष्टले आमसञ्चार प्रतिष्ठानसम्बन्धी विधेयकबारे पत्रकारहरूले उठाएका प्रश्नलाई सम्बोधन गर्न प्रदेशका मुख्यमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गरेर समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेल, प्रतिष्ठानका कार्यबाहक अध्यक्ष कविराज न्यौपानेलगायत सञ्चारकर्मीको उपस्थिति थियो । कार्यक्रममा महासंघ मोरङ अध्यक्ष सुशिला पाठकले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

View : 158

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved