विराट एक्स्पो २०८१
विराटनगर । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौँ संस्करण माघ ११ गतेबाट सुरु हुने भएको छ । उद्योग सङ्गठन मोरङले आयोजना गर्ने औद्योगिक एवं व्यापारिक महोत्सव १० दिनसम्म चल्ने जनाइएको छ ।
आठौँ विराट एक्स्पो विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरिने छ । उद्योग सङ्गठनले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी थालिएको जानकारी दिएको छ । ‘डिजिटल कोशी बिल्डिङ इनोभेसन एण्ड इन्भेस्टमेन्ट’ नाराका साथ सञ्चालन हुने एक्स्पोमा २ सय ६८ वटा स्टलहरू रहनेछन् ।
एक्स्पोमा ९ पेभिलियनमा विराट बजार बिटुबीको १२ वटा, स्टार्टअप भिजन कोशी ह्याकाथुनको १२ वटा, रोजगार कोशीका लागि १२ वटा, व्यावसायिक सेवा प्रदायकको ४० वटा, अटोमोवाइल्सका २० वटा, औद्योगिक क्षेत्रका ७५ वटा, औद्योगिक, कर्पोरेट र
कृषिका ७५ वटा स्टल रहनेछन् । एक्स्पोमा रोजगारीका लागि तालिम पनि दिने बताइएको छ ।
विराट एक्स्पो २०२५ व्यवस्थापन समिति संयोजक भोलेश्वर दुलालले एक्स्पोमा स्टार्टअफ कन्फ्रेन्स, रोजगार कोशी, इनर्जी इफिसियन्सी, ‘मेरो देश, मेरो उत्पादन’लगायत कार्यक्रम आयोजना गरिने बताए ।
एक्स्पो सञ्चालनका लागि करिब ३ करोड खर्च हुने अनुमान गरिएको उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उनले बताए ।
View : 467
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved