Biratnagar, Morang, Nepal
सामाजिक सेवा

निभा अवार्डबाट मण्डल सम्मानित

-
अखवारका कुरा
२३ कार्तिक २०८२, आइतवार

Advertisement

विराटनगर । विराटनगर जेसीजले आयोजना गरेको जेसीज सप्ताह समापन तथा सम्मान समारोहका अवसरमा सप्ताह समापनका कार्यक्रमका संयोजक राजु कुमार (आर.के.) मण्डललाई उत्कृष्ट कार्यक्रम संयोजकका रूपमा “निभा अवार्ड” प्रदान गरिएको छ ।

सप्ताहभर विविध र प्रभावकारी कार्यक्रममा मण्डलको सक्रियता र आफू संयोजक रहेको कार्यक्रमणा उत्कृष्ट संयोजन र व्यवस्थापन गरेकाले मण्डललाई यो अवार्ड प्रदान गरिएको हो ।

विराटनगर जेसीजले सञ्चालन गरेको पत्रकार महासङ्घ मोरङ र जेसीजबीचको मैत्रीपूर्ण फुट्सल प्रतियोगिता, दन्त परीक्षण शिविर, रिफ्लेक्सन ज्याकेट वितरण, बहिरा माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता, कौशी खेती तालिम, बाल सुधार गृहमा स्टेशनरी वितरण, र जेसीज सम्मान तथा जेसीज रात्रि कार्यक्रममा कार्यक्रम सनराइज चौधरी ,बिनु बान्तवा राई , पंकज मेहेता , रोशनी प्रधान ,बिकास राजवंशी , आकृती रानी फुयल र  मण्डलको संयोजनमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

मण्डललाई अवार्ड विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विराटनगर जेसीजका पूर्व अध्यक्ष तथा निभा अवार्डका संस्थापक गोपाल गुप्ता, विराटनगर जेसीज अध्यक्ष प्रीतेशराज दाहाल, र वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहालले संयुक्त रूपमा प्रदान गरे ।

अवार्ड प्राप्त गरेपछि मण्डलले भने, “यो अवार्ड मेरो मात्र होइन, सम्पूर्ण टिमको प्रतिबद्धता र परिश्रमको प्रतिफल हो । जेसीज सप्ताहका हरेक कार्यक्रमले सामाजिक उत्तरदायित्व र युवा नेतृत्वको सन्देश दिन सफल भएकोमा गर्व लागेको छ।”

विराटनगर जेसीज अध्यक्ष दाहालले मण्डलको नेतृत्वमा  भएको  कार्यक्रम उदाहरणीय रहेको बताउँदै, “मण्डलको समर्पण र योजनाले जेसीज सप्ताहलाई नयाँ उचाइमा पुर्‍याएको छ। ”

विराटनगर जेसीजले हरेक वर्ष समाजिक जागरण र युवा सशक्तीकरणका उद्देश्यसहित जेसीज सप्ताह मनाउँदै आएको छ ।

View : 685

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved