भिजिट भिषा प्रकरण
काठमाडौं। गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयमा पछिल्ला दिनमा बढ्दै गएको राजनीतिक चासोको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार स्पष्ट अभिव्यक्ति दिएका छन् — गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने कुनै आवश्यकता छैन।
बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको उपस्थितिमा बसेको उच्चस्तरीय राजनीतिक छलफलमा प्रधानमन्त्री ओलीले गठबन्धनविरुद्ध नियोजित प्रहार भइरहेको टिप्पणी गर्दै गृहमन्त्रीको भूमिकालाई उचित ठहर गरे।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले भने, "गठबन्धनलाई अस्थिर पार्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा गृहमन्त्रीले राजीनामा दिनुको तुक छैन।"
बैठकपछि सत्तारूढ गठबन्धनले साझा निर्णयमा पुग्दै गृहमन्त्री लेखकले राजीनामा नदिने, बरु संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने निष्कर्ष निकालेको हो।
राजनीतिक वृत्तमा पछिल्लो घटनाक्रमलाई गठबन्धनभित्रको आपसी समझदारीको संकेतका रूपमा हेरिएको छ। विपक्षी दलहरूले भने गृहमन्त्रीको भूमिका विवादित भएको भन्दै उनलाई हटाउन दबाब दिँदै आएका छन्।
अब संसद्मा गृहमन्त्री लेखकले कस्तो जवाफ दिन्छन् र विपक्षीहरू त्यसपछि कस्तो रणनीति अपनाउँछन् भन्ने चासोले राजनीतिक वृत्त तताएको छ।
View : 203
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved